• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

फ्रान्सको दुई तिहाई क्षेत्रमा ६ साताका लागि कर्फ्यू, कोरोना संक्रमण बढ्दै


  • खुला नेपाल
  • शनिबार, कार्तिक ८, २०७७
  • 13.4K
    SHARES

काठमाडौं । कोरोना भाइरस संक्रिमितको संख्या ह्वात्तै बढेपछि फ्रान्स सरकारले देशको दुई तिहाई क्षेत्रमा कर्फ्यू लगाउने निर्णय गरेको छ ।

एकैदिन ४१ हजार ६ सय २२ नयाँ संक्रमित भेटिएपछि फ्रान्सले कर्फ्यू लगाउने निर्णय लिएको हो । शुक्रबार मध्यरातिदेखि आगामी ६ साताका लागि कर्फ्यू आदेश जारी गरेको फ्रान्स सरकारले जनाएको छ ।

फ्रान्समा कोरोना भाइरस संक्रमितको कुल संख्या १० लाख भन्दा बढी पुगेको छ । यसअघि युरोपमा स्पेन र रुसमा मात्रै संक्रमितको संख्या १० लाख नाघेको थियो ।

एकसाता अघि राजधानी पेरिससहित नौ वटा सहरमा रातमा कर्फ्यू लगाउने घोषणा गरिएको थियो ।

अब यसलाई बढाएर देशका ३८ सहरमा रातमा कर्फ्यू जारी गरिएको हो । राति ९ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू लाग्ने छ । सरकारले कर्फ्यू जारी गरेपनि त्यहाँका केही व्यापारी तथा रेस्टुरा मालिकहरु भने यस निर्णयले रुष्ट बनेका छन् ।

यसअघि दुई महिना लामो लकडाउनका कारण ठूलो आर्थिक क्षति व्यहोर्नु परेका उनीहरुले कर्फ्यूका कारण थप पीडा भोग्नु पर्ने बताएका छन्।

प्रतिक्रिया