• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोलकातालाई हराउँदै पञ्जाब उक्लियो चौथो स्थानमा


  • खुला नेपाल
  • मङ्लबार, कार्तिक ११, २०७७
  • 8.3K
    SHARES

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० अन्तर्गत सोमबार रातिको खेलमा किंग्स इलाभेन पन्जाबले कोलकाता नाइटराइडर्सलाई ८ विकेटले हराउँदै अंक तािलकामा चौथो स्थानमा उक्लिएको छ । यो जितसँगै पञ्जाबको क्वालिफायर सम्भावना बलियो भएको छ ।

जितका लागि कोलकाताले दिएको १५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा मात्र २ विकेट गुमाएर लक्ष्य भेट्टाएको थियो । पन्जाबका मन्दीप सिंह र क्रिस गेलको महत्वपूर्ण शतकीय साझेदारीका कारण सहज जित सम्भव भएको थियो ।

मन्दीपले नटआउट ६६ रन बटुले भने क्रिस गेलले पनि अर्धशतक पूरा गरेका थिए । आफ्नो ब्याटबाट ५ छक्का र २ चौका बनाएका गेल सो खेलको म्यान अफ द म्याच पनि भए ।

दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा पन्जाबका लागि यो छैठौं जित हो । यस्तै कोलकाताको पनि छैटौं हार हो ।

यसअघि टस हारेर पहिले क्रिजमा ब्याटिङका लागि आएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाई १४९ रनमात्र जोड्न सक्यो । कोलकाताका लागि शुभमन गिलले मात्र अर्धशतक बनाए । कप्तान इयान मोर्गन र लकी फर्ग्युसनले पनि राम्रो प्रदर्शन गरेका थिए । तर अन्य खेलाडी कसैले पनि दोहोरो अंक बनाउन सकेनन् ।

दुई ओभरमै तीन विकेट गुमाउँदा टिमको खातामा मात्र १० रन थियो । त्यसपछि क्रिजमा आएका गिल र फर्ग्युसनले ८१ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । गिलले ५७ रन बनाए । नवौं नम्बरमा ब्याटिङमा आएका फर्ग्युसनले १२ बलमा नटआउट २४ रन बनाए । यसअघि व्याटिङमा आएका कप्तान मोर्गनको व्याटबाट २५ बलमा ४० रन निस्किएको थियो ।

पन्जाबका बलर मोहम्मद सामी सोमबारको खेलमा घाटक सवित भए । उनले ३ विकेट लिए । क्रिस जोर्डन र रबि बिश्नोईले २–२ तथा ग्लेन म्याक्सवेल र मुरुगन आश्विनले एक–एक विकेट लिए ।

प्रतिक्रिया