• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

पछिल्लो २४ घण्टाभित्र २९ सय ८१ डिस्जार्च

८ हजार २ सय ४८ पीसीआर परीक्षण, १९ सय ५४ जना संक्रमित थपिए


  • खुला नेपाल
  • बुधबार, कार्तिक १२, २०७७
  • 6.3K
    SHARES

काठमाडौं । पछिल्लो २४ घन्टाभित्र मुलुकमा २९ सय ८१ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन् । कोरोनाबाट देशभर मुक्त हुनेको संख्या अब १ लाख २१ हजार ८२४ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ७५ प्रतिशत भएको छ ।

तर चाडवाडका कारण नेपालमा कोरोना भाइरस संक्रमण जाँच ह्वात्तै घटेको छ । यसअघि सरदर १५ हजारको परीक्षण गरिँदै आएको पीसीआर पछिल्लो २४ घण्टामा भने ८ हजार २ सय ४८ को मात्रै जाँच गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्याको पीसीआर परीक्षणमा १९ सय ५४ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म १ लाख ६२ हजार ३५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसैगरी नेपालमा आजसम्मको सक्रिय संक्रमित संख्या ३९ हजार ६४३ रहेको छ । यस्तै विभिन्न जिल्लामा अहिले पनि २८ सय ८९ जना क्वारेन्टाइनमा रहनु भएको छ ।

यस्तै मुलुकभर आज संस्थागत आइसोलेसनमा ७ हजार ७०९ जना र होम आइसोलेसनमा ३१ हजार ९३४ जना बसेर स्वास्थ्य लाभ गरिरहनु भएको छ ।

त्यसैगरी देशका विभिन्न अस्पतालका आईसीयुमा राखेर २९० र सघन उपचार कक्षमा ७२ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण आज पनि नेपालमा थप ११ जनाको मृत्यु भएको छ । अब नेपालमा कोरोनाले ज्यान जानेको संख्या ८८७ पुगेको मन्त्रालयले जनाएको छ । कूल संक्रमितमध्ये मृत्यु दर भने ०.५ प्रतिशत रहेको छ ।

प्रतिक्रिया