• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भारतीय सेनाध्यक्षलाई ‘गार्ड अफ अनर’


  • खुला नेपाल
  • बिहिबार, कार्तिक २०, २०७७
  • 7.9K
    SHARES

काठमाडौं । भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई सैनिक मुख्यालय भद्रकालीमा गार्ड अफ अनर प्रदान गरिएको छ।

सेनाध्यक्ष नरवणेलाई आज सैनिक मुख्यालयमा गार्ड अफ अनर प्रदान गरिएको हो। नरवणेले त्यसलगत्तै सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण गरे। त्यसपछि सैनिक मुख्यालय जङ्गी अड्डामा उनले सैनिक गारत निरीक्षण गरे। आज नै प्रधानसेनापति थापाले आफ्ना समकक्षी स्थल सेनाध्यक्ष नरावणेसँग औपचारिक भेटवार्ता गर्नेछन्।
दुई देशबीचको सुरक्षा सहयोगसँग सम्बन्धित तेह्रौँ बैठकमा भएको सहमतिअनुरुप स्थलसेनाध्यक्ष नरवणेले नेपाली सेनालाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने कार्यक्रम छ। उनको सम्मानमा आज नै जङ्गिअड्डामा रात्रिभोज आयोजना हुनेछ।

 

प्रतिक्रिया