• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

पाँच वर्षपछि खुल्यो बालगोपालेश्वर मन्दिर, बिहानैबाट भाइटीका लगाउन सुरू


  • खुला नेपाल
  • सोमवार, मंसिर १, २०७७
  • 19.4K
    SHARES

काठमाडौं । कोरोना महामारीका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै रानीपोखरीमा बिहानैदेखि भाइटीका लगाउन सुरू भएको छ । भाइटीकाको दिन मात्रै खुल्ने रानीपोखरीको बाल गोपालेश्वर मन्दिर पाँच वर्षपछि आज खुलेको हो ।

दिदीबहिनी नहुने दाजुभाइहरूले मन्दिरमा पूजाआजा गर्ने र टीका लगाउने चलन छ । बाल गोपालेश्वर मन्दिर वर्षमा १ दिन भाइटीकामा मात्र खुल्ने गरेको छ । यस वर्ष भने आज र भोलि खुला गरिने काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले जानकारी दिनुभयो ।

आज भाइटीका नमनाउनेहरूले भोलि मनाउँदै छन् । भोलि उपत्यकाका नेवार समुदायले भाइटीका मनाउने भएकोले उनीहरुको लागि विशेष दिन मानेर पनि खुला गरिने महानगरले जनाएको छ ।

२०७२ सालको महाभूकम्पले रानीपोखरीमा क्षति गरेपछि बाहिर बसी टीका लगाउने गरिएको थियो । रानीपोखरीको पुनःनिर्माण र बिच भागमा रहेको बाल गोपालेश्वर मन्दिरको पुनःनिर्माण सकिएपछि सदाझैँ यसपटक मन्दिर परिसरमा बसी टीका लगाइएको हो ।

काठमाडौं महानगरपालिकाका कर्मचारीले रानीपोखरी प्रवेश गर्नेलाई मास्क प्रदान गरी शरीरको तापक्रम नापिरहेका छन् । यस्तै स्यानिटाइजरको व्यवस्था पनि गरिएको छ ।

रानीपोखरीमा प्रवेश गर्नेलाई अनिवार्य मास्कको व्यवस्था गरिएको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताउँनुभयो ।

प्रतिक्रिया