• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानमन्त्री ताप्लेजुङका विभिन्न कार्यक्रममा


  • खुला नेपाल
  • सोमवार, मंसिर ८, २०७७
  • 5.9K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङको घुन्सा पुग्नु भएको छ । केही दिनअघि पूर्वकै संखुवासभाको अवलोकन भ्रमण गर्नु भएका प्रधानमन्त्री ओली आज फेरि ताप्लेजुङ र इलामको भ्रमणमा निस्कनु भएको हो ।

ताप्लेजुङको घुन्सा फाउन्डेसनले निर्माण गरेकोसामुदायिक स्वास्थ्य चौकी भवन उद्घाटन गर्न प्रधानमन्त्री त्यहाँ पुग्दा घुन्सावासीले भव्य स्वागत गरेका छन् । स्थानीयसँग प्रधानमन्त्रीले प्रत्यक्ष भेटघाट गर्नु हुनेछ ।

प्रधानमन्त्री ओलीले ताप्लेजुङको उत्तरी नाका ओलाङचुङगोलाको पनि अवलोकन गर्नु भएको छ । ओलाङचुङगोलामा उहाँले सीमा क्षेत्रको अवलोकन, त्यहाँका विकास निर्माण, चीनसित जोडिने सडक निर्माणको अवलोकन र स्थानीयसित भेटघाट गर्नु भएको छ ।

घुन्सा र ओलाङचुङगोलाको भ्रमणपछि प्रधानमन्त्री ओलीको टोली आजै इलाम पुग्ने कार्यक्रम छ । त्यहाँ उहाँले सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) को निरीक्षण गर्नु हुने छ । सन्दकपुरको जौबारी भन्ने स्थानमा नयाँ बोर्डर आउट पोष्ट राखिएको छ ।

प्रधानमन्त्री ओलीसँगै प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, पर्यटनमन्त्री योगेश भट्टराई, नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसहितको टोली भ्रमण दलमा सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया