काठमाडौं । गत २४ घण्टामा मुलुकभर कोरोना भाइरस संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाकै कारण आजको सहित १३ सय ६१ जनाको मृत्यु भइसकेको छ । यो भनेको कुल संक्रमितमा ०.६ प्रतिशत मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १०८४३ जनाको गरिएको नमुना पीसीआर परीक्षणमा १७९० जनामा संक्रमण पुष्टि भएको हो ।
यो संख्यासहित नेपालमा कोरोना भाइरसबाट आजसम्म २ लाख २४ हजार ७८ जना संक्रमित भइसेका छन् । यस्तै १६ लाख ८१ हजार २्र९९ जनाको पीसीआर नमुना परीक्षण गरिसकिएको छ ।
कोरोना संक्रमणबाट २४ घण्टाभित्रमा मुलुकभर २७ सय ९१ जना संक्रमणमुक्त भएका छन् । आजको संख्यासहित कोरोना संक्रमणको उपचार गराई २ लाख ४ हजार ८५८ जना डिस्चार्ज भइसक्नु भएको छ । नेपालमा निको हुने ९१ प्रतिशत रहेको छ ।
यसैगरी अहिले कोरोना सक्रमितमध्ये आइसोलेसनमा १७ हजार ८५९ र क्वारेन्टाइनमा ६२७ जना बसेका छन् ।
यसैगरी काठमाडौं उपत्यकामा पनि आज ४१० महिला र ५३७ पुरुष गरी ९४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
