• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सञ्चार मन्त्रीको प्रेस विज्ञमा पत्रकार मानन्धर


  • खुला नेपाल
  • बिहिबार, मंसिर ११, २०७७
  • 13.9K
    SHARES

काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको सञ्चारविज्ञमा पत्रकार राजेन्द्र मानन्धर नियुक्त हुनुभएको छ ।
मानन्धरले बिहीवारदेखि विधिवत कार्य प्रारम्भ गर्नुभएको हो ।

मंसीर ७ गते बसेको मन्त्रिपरिषद्को बैठकले पत्रकार मानन्धरलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङको सञ्चारविज्ञमा नियुक्त गर्ने निर्णय गरेको थियो ।
सञ्चारविज्ञ मानन्धर नेपाल पत्रकार महासंघ देलखाको पूर्व अध्यक्ष हुनुहुन्छ । उहाँ लामो समयदेखि कन्तिपुर दैनिकमा आवद्ध हुनहुन्थ्यो ।

विसं २०२९ भदौ ६ गते दोलखा जिल्ला, भीमेश्वर नगरपालिका–१ मा जन्मनुभएका मानन्धर ‘गोरखापत्र’ र ‘रेडियो नेपाल’ का पनि जिल्ला समाचारदाता भई काम गर्नुभएको थियो । मानन्धरले आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गर्नुभएको छ ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले बिहीवार मन्त्रालयमा मानन्धरलाई सरकारी निर्णयको पत्र हस्तान्तरण गर्नुभयो ।

त्यसक्रममा मन्त्री गुरुङले सूचना र प्रविधिको क्षेत्रमा क्रान्ति नै ल्याउनुपर्ने अवस्था रहेको उल्लेख गर्दै मन्त्रालयको काममा मानन्धरको नियक्तिले टेवा पुग्ने विश्वास राख्नुभएको थियो ।

मन्त्रीको प्रमुख स्वकीय सचिव भने मित्र जिरेल नियुक्त हुनुभएको छ ।

प्रतिक्रिया