• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

नेकपा सचिवालय बैठक मंसिर २० गते पुनः बस्ने


  • खुला नेपाल
  • बुधबार, मंसिर १७, २०७७
  • 5.5K
    SHARES

फाइल तस्वीर

काठमाडौं । औपचारिकतामै सीमित रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बुधबारको सचिवालय बैठक केहीबेरमात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावका सन्दर्भमा छलफल गर्न बसेको आजको सचिवालय बैठक औपचारिकतामै सकियो ।

कार्यब्यस्थताका कारण प्रधानमन्त्री ओली आजको सचिवालय बैठकमा उपस्थित हुन नसक्नु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनु भयो । ‘प्रधानमन्त्रीको समय मिलेन, यस विषयमा उहाँले हिजो नै जानकारी गराउनु भएको थियो । आजको बैठकमा अन्य सदस्यहरु केही बेर बसेर सकिएको थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले सरकार सञ्चालनको बिषयलाई लिएर कार्यब्यस्थता देखाउँदा आज एक बजे नै बैठक तोकेर अध्यक्ष दाहाल हिड्नु भएको थियो ।

प्रतिक्रिया