काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक
नीतिमा ल्याइएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन हुने बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले गुनासाहरु
आएकाले आफूले अवरोधहरु पन्छाएर बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमको कार्यान्वयनमा तत्परता लिएको स्पष्ट पार्नु भएको छ ।
निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी
क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउनुभयो ।
रोगजारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले
महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित र मनोबल
गिराएर सार्थक उपलब्धि हासिल हुन सक्दैन, उहाँले भन्नुभयो ।
कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी
क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिनुभयो । ‘निरन्तर संवाद र छलफलमा रहिरहन्छौं । सुझाव सुन्छौं । मिलेर काम गर्छौ,’ व्यवसायीसँगको भेटमा अर्थमन्त्रीले भन्नुभयो ।
अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै
व्यावहारिक र कार्यान्वयनमा जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लेखित
कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिनु भएको थियो । महासंघका अध्यक्ष शेखर गोल्छाले
महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई
सरकारसँगको सहकार्यमा अघि बढाउने बताउनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
