• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

जन्ती सवार गाडी दूर्घटना


  • खुला नेपाल
  • बिहिबार, मंसिर १८, २०७७
  • 7.8K
    SHARES

धनगढी । धनगढी-डडेल्धुरा राजमार्गअन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिकाको गाईमारा सडकखण्डमा जन्ती सवार रहेको गाडी गए राति दुर्घटना हुँदा बेहुला बेहुलीसहित १३ जना घाइते भएका छन् ।

बैतडीबाट कञ्चनपुरतर्फ आउँदै गरेको सु प प्र०१ ००१ज १२५४ नम्बरको गाडी सडकबाट झण्डै २०० मिटर तल खसेर भएको दुर्घटनामा बेहुला कञ्चनपुरको बेलौरी नगरपालिका-३ का २१ वर्षीय गोविन्द लुहार र बेहुली बैतडी दोगडाकेदार नगरपालिका–६ की २० वर्षीया डम्मरा लुहार घाइते हुनुभएको छ ।

बेहुलाको टाउकोमा र बेहुलीको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनभयो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

प्रतिक्रिया