• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

नेपाल र भारतबीच समझदारी भइरहेको विदेशमन्त्री जयशंकरको निष्कर्ष


  • खुला नेपाल
  • बिहिबार, मंसिर १८, २०७७
  • 5.9K
    SHARES

काठमाडौँ । भारतका विदेशमन्त्री एस जयशंकरले पछिल्ला दिनमा नेपाल र भारतबीच समझदारी विकास हुँदै गएको बताएका छन् ।
भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा उनले नेपालसँगको सम्बन्धको प्रसंगमा भने, ‘हो कुनै बेला हामीबीचमा केही समस्या थियो तर, अहिले हामी प्रस्ट रुपमा देख्न सक्छौं, पछिल्ला केही सातामा भारत र नेपालले मिलेर अगाडि बढ्ने निर्णय गरेका छन् र त्यो आपसी समझदारीमै भइरहेको छ ।’
पछिल्ला दिन भइरहेका भ्रमणतर्फ लक्ष्य गर्दै जयशंकरले यस्तो धारणा राखेका हुन् ।
डेढ महिनाअघि भारतीय जासुसी संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयल काठमाडौं आएका थिए ।
त्यसलगत्तकै भारतीय स्थलसेना प्रमुख मनोजमुकुन्द नरवणे र भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला काठमाडौं ओर्लेका थिए ।
उहाले कुनै एउटा घटनालाई दुई देशको सम्बन्धको मूल्यांकनको आधार बनाउनु नहुने समेत स्पष्ट पार्नुभयो । ‘समस्या अझै पनि हुन सक्छन्, मतलब संसारमा समस्या नभएका कुनै दुई छिमेकी मुलुक छैनन्,’ उहाले भन्नुभयो,‘अहिले धेरैजसो हाम्रा छिमेकी लोकतान्त्रिक प्रणाली भएका छन् । मुख्य कुरा के हो भने उनीहरूको आफ्नो राजनीति छ, हाम्रो आफ्नो राजनीति छ त्यही भएर मुद्दाहरू हुन्छन् । प्रश्न तपाईं ती मुद्दाहरूलाई कसरी सुल्झाउनु हुन्छ, साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कसरी कम गर्नुहुन्छ भन्ने हो ।’

 

 

 

प्रतिक्रिया