काठमाडौं (एजेन्सीहरु) । संयुक्त राज्य अमेरिकामा राष्ट्रतीय निर्वाचनसँगै अत्यधिक भएको कोरोना संक्रमणको महामारी पछिल्ला दिनमा केही नियन्त्रणमा आएको छ । २४ भन्टाभित्रमा साढे २ लाखसम्ममा संक्रमण पुष्टि भएको अमेरिकामा पछिल्लो २४ घन्टामा भने १ लाख ७३ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो संख्यासहित अमेरिकामा कोरोना भाइरस संक्रमित १ करोड ५१ लाख ५९ हजार ५२९ पुगेको छ ।
कोरोनाको संक्रमित संख्या बढेसँगै मृतक पनि उत्तिकै बढेका छन् । पछिल्लो २४ घन्टामा कोरोनाकै कारण १ हजार ७६ अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । योसहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ८८ हजार ९०६ पुगेको जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो अपडेटमा उल्लेख गरिएको छ । ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुमध्ये दोस्रो स्थानमा रहेको भारतमा भने पछिल्लो अपडेटमा ९६ लाख ७६ हजार ८०१ जनामा पोजेटिभ पुष्टि भइसकेको छ । जसमा पछिल्लो दिन ३२ हजार २७२ जना नयाँ संक्रमित थपिएका छन् ।
यस्तै कोरोनाकै कारण मृत्यु हुने संख्या पनि अझै नियन्त्रणमा आएको छैन । अहिलेसम्म पछिल्लो २४ घन्टाभित्र मृत्यु भएका ३७४ सहित भारतमा १ लाख ४० हजार ५९० जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वमा कोरोनाबाट तेस्रो बढी प्रभावित मुलुक ब्राजिलमा पनि संक्रमितको संख्या ६६ लाख ३ हजार ५४० पुगेको छ । जसमा पछिल्लो पटक २६ हजार ३६३ जना नयाँ संक्रमित थपिएका हुन् । यहाँ पनि पछिल्लो दिनको ३२१ सहित कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७६ हजार ९६२ भएको छ ।
हालसम्म विश्वमा कोरोना भाइरसका कारण ६ करोड ७४ लाख ५ हजार १४४ जना प्रभावित भएका छन् । कोरोना संक्रमणपछि उपचारमा सफलता प्राप्त गर्नेको संख्या पनि ४ करोड ६५ लाख ९४ हजार ३३५ पुगिसकेको छ ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण अहिलेसम्म विश्वमा १५ लाख ४१ हजार ९५१ जनाको ज्यान गइसकेको छ । अहिले पनि विश्वमा १ करोड ९२ लाख ६८ हजार ८५८ जना कोरोना युद्धमा संघर्षरत छन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
