काठमाडौं । नेपाली युवालाई लक्षित गरेर तिब्बत स्वायत्त क्षेत्र सरकारको परराष्ट्र मामिला कार्यलयले “नेपाली युवा नेतृत्वको लागि छैटौ कार्यशाला गोष्ठि“ को उद्घाटन समारोहमा बिशेषत नेपालका हिमाली क्षेत्रका युवाहरुको भर्चुअल उपस्थितीमा आयोजना भएको छ ।
दुई दिन सम्म संचालन हुने यस कार्यशाला गोष्ठिमा तिब्बत स्वयत्त क्षेत्रको समाजबादमा सि जिनपिङ बिचारधाराको सफल अभ्यास, गरिबी निवारण, वातावरण संरक्षण र चिनियाहरुको सामञ्जस्यपूर्ण सह अस्तित्व का बिषयहरुमा छलफल हुनेछ ।
उद्घाटन समारोहमा तिब्बत स्वयत्त क्षेत्रको परराष्ट्र मामिला कार्यलयलका महानिर्देशक बाईमान याङजोङ, उप महानिर्देशक सुन साइबो , नेपालका लागि चिनिया महामहिम राजुत हाउ यान्छी , तिब्बत स्वयत्त क्षेत्रको चिनिया कम्युनिष्ट पार्टी कमिटिका कार्यकारी उपाध्यक्ष सियोङ काङ्यी र नेपाली युवाको प्रतिनीधित्व गर्दै नेपाल चिन हिमालय मैत्री समाजमा सचिव एवं युवा नेता रिनन् पोखरेलले आफ्नो मन्तब्य राखेका थिए ।
कार्यक्रम युवा नेतृत्वमा केन्द्रीत रहेर राष्ट बिकासमा युवा सहभागिता र सहकार्य अनिबार्य हुनुपर्नेमा जोड गरिएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
