• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

गोरखामा बस दुर्घटना, २२ जना घाइते पाँचको अवस्था गम्भीर


  • खुला नेपाल
  • बुधबार, पुस १, २०७७
  • 7.8K
    SHARES

गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा यात्रुबाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

काठमाडौंबाट आरुघाट जाँदै गरेको ग १ ख ९४४६ नम्वरको रात्री बस बुधबार विहान साढे चार बजे अनियन्त्रित भइ सडकबाट करिव २० मिटर तल खसेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

दर्घटनाका घाइतेमध्य पाँच जनाको अवस्था गम्भिर रहेको गोरखाका ट्राफिक प्रहरी इन्चार्ज मित्रलाल ढकालले बताउनुभयो । धार्चे गाउँपालिका–६ का सुरमान घले, कान्छी तामाङ, भीमसेन थापा गाउँपालिका–३ का उत्तम पुडासैनी, मनोज पुडासैनी र उज्वल पुडासैनीको अवस्था गम्भिर रहेको उनले जानकारी दिनुभयो । उनीहरुलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ ।

अन्य घाइतेहरुको गोरखा अस्पताल र आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । दुर्घटना पश्चात बस चालक फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया