• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

यसरी मिल्यो नेकपा विवाद


  • खुला नेपाल
  • बुधबार, पुस १, २०७७
  • 11.5K
    SHARES

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषदसम्बन्धिको अध्यादेश फिर्ता लिने निर्णय गरेसँगै पार्टीभित्र जारी विवाद समेत तत्काललाई टुंगिएको छ ।

बुधबार बसेको स्थायी कमिटीको बैठकले अध्यादेशसँगै संसद बैठकको माग गर्दै राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी गरिएको आवेदनसमेत फिर्ता लिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । ‘बैठकले सरकारले जारी गरेको संवैधानिक परिषदसम्बन्धी अध्यादेश र राष्ट्रपतिसमक्ष संसद बैठकका लागि तयारी गरिएको आवेदन पनि फिर्ता लिने निर्णय सर्वसम्मतिले गरेको छ,’ बैठकपछि प्रवक्ता श्रेष्ठले संवाददाताहरुलाई जानकारी गराउनुभयो ।

बैठकमा नेकपा अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको मंगलबार साँझ बसेको बैठकले नियुक्तिका लागि कुनै सिफारिस नगरेको जानकारी दिनुभएको थियो ।

बैठकअगाडि प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलले नेकपा विवाद समाधानका लागि गृहकार्य गर्नुभएको थियो । तर, नेताहरुबीच भएको अन्य सहमतिबारे भने प्रवक्ता श्रेष्ठले बताउन चाहनुभएन ।

स्थायी कमिटीको अर्को बैठक पुस ५ गते बोलाइएको छ ।

प्रतिक्रिया