• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

चन्द्रमाबाट माटो र टुंगोको नमूना लिएर फर्कियो चिनियाँ अन्तरिक्ष यान


  • खुला नेपाल
  • बिहिबार, पुस २, २०७७
  • 9.2K
    SHARES

काठमाडौँ । चन्द्रमाको सतहबाट माटो र टुंगाको नमूना लिएर चिनियाँ अन्तरिक्ष यान पृथ्वीमा फिर्ता भएको छ ।

चिनियाँ अन्तरिक्ष यान ‘चाङ ई-५’ बिहीबार बिहान साढे १ बजे मंगोलियामा अवतरण गरेको बीबीसीले जनाएको छ । उक्त यानले चन्द्रमाको सतहबाट २ किलोग्राम ढुंगा र माटोको नमूना पनि ल्याएको छ ।

चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमूना झण्डै ४० वर्षपछि ल्याइएको हो । यसअघि रूसको लुना-२४ नामक मिसनले सन् १९७६ मा चन्द्रमाको सतहबाट २०० ग्राम माटो लिएर फर्किएको थियो । त्यसअघि अमेरिकाको अपोले अन्तरिक्ष यानले पनि चन्द्रमाको सतहबाट ढुंगा लिएर फर्किएको थियो ।

प्रतिक्रिया