• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

आमा बन्दै नेहा कक्कड


  • खुला नेपाल
  • शुक्रबार, पुस ३, २०७७
  • 12.4K
    SHARES

काठमाडौं । यो बर्षको अक्टुबर २४ तारिखमा आफ्ना प्रेमी रोहन प्रित सिंहको साथमा बैबाहिक जीवनमा बाधिएकी गायिका नेहा कक्कड आमा बन्ने भएकी छिन् । सामाजिक संजालमा तस्वीर शेयर गर्दै उनले आफू आमा बन्ने तयारीमा रहेको जानकारी फ्यानहरुलाई दिएकी छिन् ।

रोहनसँग एक तस्वीर सार्वजनिक गर्दै नेहाले लेखेकी छिन्–‘अब मेरो ख्याल राख्ने गर ।’ रोहनले पनि नेहासँगको तस्वीर शेयर गर्दै अब झन् धेरै ख्याल राख्नुपर्ने उल्लेख गरेका छन् । यस्तै, गायक टोनी कक्कडले पनि आफू मामा बन्न लागेको उल्लेख गरेका छन् । नेहाले तस्वीर सार्वजनिक गरेसँगै उनलाई बलिउडका कलाकारहरुले वधाई दिएका छन् ।

प्रतिक्रिया