• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

प्रधानमन्त्रीको सम्बोधन अहिले ३ बजे


  • खुला नेपाल
  • सोमवार, पुस ६, २०७७
  • 7.8K
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनालगायत विषयमा आज अपराह्न ३ बजे देशवासीका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने सम्बोधनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने जनाइएको छ ।
प्रतिनिधिसभा विघटन भई ताजा जनादेशका लागि नयाँ निर्वाचनको मिति आइतबार तय भएपछि सो विषयमा प्रधानमन्त्रीले स्पष्ट पार्न लाग्नुभएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
आजै प्रधानमन्त्री ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य र निवर्तमान सांसद्सँग बालुवाटारमा परामर्श गर्नुभएको थियो ।

प्रतिक्रिया