• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

आफैमाथि किन शंका ?


  • खुला नेपाल
  • सोमवार, पुस ६, २०७७
  • 14.1K
    SHARES

काठमाडौं । मनोचिकित्सकहरुको भनाइ अनुसार आफैंप्रति शंका गर्नु पर्ने धेरै वटा कारणहरु हुन सक्छन् । उदाहरणको लागि हामी कसरी हुर्किएका छौं भन्ने कुरा पनि महत्वपूर्ण हुन सक्छ । कुनै पनि व्यक्तिको व्यक्तित्वमा उनको लालनपालनको तरिकाले पनि निकै प्रभाव पार्न सक्ने मनोविदहरुको भनाइ छ । एक मनोविदको भनाइ छ । ‘यदि तपाईंको आमा–बुवाले सधैं तपाईंको आलोचना गरिरहन्थे र तपाईंलाई कुनै पनि जिम्मेवारी दिएका थिएनन भने आजको मितिसम्म पनि तपाईंलाई आफ्नै योग्यताप्रति भरोसा नहुन सक्छ ।’

कहिले काहीँ आमा–बुवाले उनीहरुको सन्तानको भलाइका लागि बाल्यकालदेखि नै हरेक काम सोधेरमात्र गराउन खोज्छन् । उनीहरुको अनुमति बिना छोराछोरीले कुनै पनि काम नगरुन् भन्ने चाहाना हुन्छ । त्यसको परिणाम के हुन्छ भने छोराछोरी ठूला भैसकेपनि पनि त्यही बानी जारी रहन्छ । जागिर परिवर्तन गर्ने, प्रेमि–प्रेमिका छनोट गर्नेदेखि लिएर विवाहका लागि योग्य व्यक्ति खोज्ने कुरामा समेत उनीहरु अभिभावककै मुख ताक्न बाध्य हुन्छन् ।
धेरै व्यक्तिहरु आफ्नो निर्णयमा बारम्बार पुनर्विचार गर्छन् । यसको प्रमुख कारण यस्ता व्यक्तिको मस्तिष्कमा सेरोटोनिनको स्तर कम हुन्छ । औषधि र साइकोथेरापी माध्यमबाट यस्तो समस्याको समाधान गर्न सकिन्छ ।

जीवनमा आफूलाई परेको गहिरो चोट (मानसिक) का कारणले पनि मानिसले आफुलाई नै शंका गर्ने र आत्मविश्वासमा कमी हुने कारण बन्न पुग्छ । त्यो बेला उसले कुनै पनि निर्णय लिए पनि त्यसले पुनः चोट दिने हो कि भन्ने शंका उत्पन्न हुन्छ । जस्तै कुनै व्यक्तिले परिवारको अनुमती बिना विवाह गर्नु, आफुले रोजेको व्यक्तिलाई राम्रोसँग चिन्न नसक्नु र केहि समयपछि आफ्नो निर्णय गलत भएर छोटो समयमा नै सम्बन्ध विच्छेद हुनु यसका उदाहरणहरु हुन् । घरपरिवारले यो कुरालाई लिएर पटक-पटक वचन लगाउनु जस्ता कुराले पनि कतिपय व्यक्तिहरु मान्छे कस्तो छ भनेर चिन्न असमर्थ हुन्छन् ।

हरेक कुरा गरेपछि त्यसमा पुनः विचार गर्नु सामान्य कुरा होइन । तपाईंले त्यसको समना गरेर स्वयंलाई सक्षम बनाउन आवश्यक छ । जसले तपाईलाई राम्रो सम्बन्ध बनाउने मौका प्राप्त हुन्छ । आफुलाई श्रेय दिन सिक्नुहोस्, स्वयंमा विश्वास राख्नुहोस् । आफुले गरेको राम्रो निर्णयमा स्वयंलाई श्रेय दिनुहोस् । प्रोत्साहित गर्ने व्यक्तिको बीचमा रहनुहोस्, यदि तपाईंको साथी अथवा शुभचिन्तकले तपाईको बारेमा कुनै राम्रो कुरा भन्छन भने उनीहरुको कुरामा विश्वास गर्नुहोस् । सकारात्मक कुराहरु सुनेर त्यसमा भरोसा गरेर तपाई आफु भित्रको संदेहलाई हटाउन सक्न हुनेछ ।

प्रतिक्रिया