काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि पार्टी केन्द्रीय कमिटी बैठक आह्वान गर्नु भएको छ ।
मंगलबार बिहान ९ बजे बैठक बालुवाटारमा बस्नेगरी प्रधानमन्त्रीले केन्द्रीय कमिटी बैठक बोलाउनु भएको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले खुलानेपाललाई जानकारी दिनु भएको छ ।
यसअघि नेकपाको आइतबार बसेको स्थायी कमिटीको बैठकले मंगलबार दिउँसो १ बजे बस्ने गरी केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठक बस्नुअघि नै ओलीले पनि केन्द्रीय कमिटी बैठक डाक्नु भएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
