• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

राजश्व संकलनमा ताप्लेजुङ ट्राफिकको रेकर्ड


  • खुला नेपाल
  • मङ्लबार, पुस ७, २०७७
  • 10.5K
    SHARES

ताप्लेजुङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ६ महिनामा ३ लाख रुपैयाँ भन्दा बढी राजश्व संकलन गरेको छ । मंसिर महिनामा मात्रै १ लाख ७ हजार ५ सय राजश्व संकलन भएको कार्यालयले जनाएको छ । एकै महिनामा यति धेरै राजश्व संकलन भएको यो पहिलो पटक हो ।

पछिल्लो ६ महिनामा ४ सय ८३ वटा सवारी साधनका चालक कारबाहीमा पर्दा ३ लाख ८ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भएको हो । उक्त अवधिमा १२ वटा ट्रक, ५० वटा ट्याक्टर, ३ सय ३ वटा मोटर साइकल र १४ वटा अटोका चालक कारबाहीमा परेको ट्राफिक प्रहरी कार्यालयका सागर दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया