काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा पाँच लाख ६१ हजार २८६ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १२ हजार ६०८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ८३ लाख दुई हजार ७६४ पुगेको छ। तीमध्ये १७ लाख २२ हजार २७६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ५० लाख ७४ हजार २७१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १५ लाख छ हजार २१७ जना छन्।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
