• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

धितोपत्र बजारमा आइसीटी अपरेसनल म्यानुअल लागू


  • खुला नेपाल
  • बुधबार, पुस ८, २०७७
  • 4.8K
    SHARES

काठमाडौं । धितोपत्र बजार तथा वस्तु विनियम बजारको विकास र विस्तारलार्ई व्यवस्थित एवं सुशासित बनाउन आजदेखि सेबोन आइसीटी अपरेसनल म्यानुअल प्रयोगमा आएको छ । बोर्डले आइसीटी अपरेसनल म्यानुअल लागू भएको जनाएको छ । बोर्डको आर्थिक बर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा सूचना प्रविधि नीति लागू गर्ने उल्लेख भए अनुसार आवश्यक निर्देशिका तर्जुमा गरी सो म्यानुअल लागू गरिएको बताइएको छ। सेबोन आइसीटी म्यानुअलमा सूचना प्रबिधि सम्बन्धी संगठनात्मक व्यवस्था, तथ्यांक केन्द्र संचालन तथा व्यवस्थापन, सूचना प्रबिधि संजाल पूर्वाधारको व्यवस्था, सूचना प्रबिधि सम्बन्धी अनुसन्धान तथा विकास, बोर्डमा प्रयोगमा ल्याउने सूचना प्रबिधि उपकरणहरुको खरिद तथा विकास गर्दा आवश्यक प्राविधिक मूल्यांकन तथा हस्तान्तरण पूर्वको निरीक्षण तथा परीक्षण; हार्डवेयर, पावर तथा इन्जिनको स्तरीय एवम् प्रभावकारी व्यवस्था; सूचना, संचार तथा प्रविधिको दैनिक प्रयोगको व्यवस्थापन र सूचना, संचार तथा प्रबिधि सम्बन्धी तालिम तथा सचेतना अभिवृद्घि लगायतका व्यवस्थाहरु समावेश गरिएको बोर्डले जनाएको छ ।

यस म्यानुयल लागू गरिएसँगै बोर्डबाट धितोेपत्र बजार सहभागीहरुले बोर्डमा बुझाउनुपर्ने वार्षिक तथा त्रैमासिक विवरण लगायतका अन्य आवधिक विवरणहरु अनलाइन मार्फत पेश गर्न सक्ने गरीे बोर्डबाट असोज २३ देखि सञ्चालनमा ल्याइएको इलेक्ट्रोनिक रिपोर्ट तथा रिट्राइभल सिस्टम (इआरआरएस)को प्रयोग प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया