काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले बिहीबार बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्नुभएको छ । राजनीतिक रूपमा विभाजित भइसकेको नेकपाका अध्यक्षलाई भेट्न राजदूत यान्छी बिहीबार बिहान उहाँको निवास खुमलटारमा पुग्नुभएको थियो । स्रोतका अनुसार उहाँहरूबीच बिहान ९ बजेदेखि आधा घन्टा कुराकानी भएको थियो। उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको जनाइएको छ। यसअघि पनि नेकपामा विवाद चुलिँदा राजदूत यान्छीको सक्रियता बढ्ने गरेको थियो।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
