• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

शनिबार पनि ८४० कोरोना संक्रमित डिस्चार्ज

५ हजार ४३४ जनाको नमुना परीक्षणमा ५०० मा कोरोना पुष्टि, आज पनि ३ जनाको मृत्यु


  • खुला नेपाल
  • शनिबार, पुस ११, २०७७
  • 5.6K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टाभित्र देशभर ८४० जना कोरोना भाइरस संक्रमणको उपचारपछि डिस्चार्ज भएका छन् । आजको डिस्चार्ज संख्यासहित कोरोना निको हुनेको २ लाख ४९ हजार १३२ सय जना पुगेको छ । यो भनेको ९६.७ प्रतिशतलाई कोरोना निको भएको हो ।

कोरोना भाइरस संक्रमणकै कारण शनिबार पनि देशभर ३ जनाको दुःखद निधन भएको छ । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरूको संख्या १ हजार ८ सय १९ जना पुगेको स्वास्थ्य मन्त्रालयको नियमित बुलेटिनमा उल्लेख गरिएको छ ।

आज पनि ५०० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो संख्यासहित नेपालमा आजसम्म २ लाख ५७ हजार ७ सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ८० प्रयोगशालामा ५ हजार ४३४ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको हो । हालसम्म १९ लाख ५ हजार ८२६ जनामा पीसीआर नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर संक्रिय संक्रमितको संख्या भने ६ हजार ७४९ रहेको छ । उक्त संख्यामध्ये हाल संस्थागत आइसोलेसनमा ३४ सय जना रहनु भएको छ भने होम आइसोलेसनमा ३३ सय ४९ जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी हाल विभिन्न जिल्लामा ३ सय ६९ जना क्वारेन्टाइनमा रहनु भएको छ । यसैगरी मुलुकभर यति बेला २२८ जनालाई आईसीयुमा राखेर उपचार गर्नु परेको छ भने ५० जनाचाहिँ सघन उपचार कक्षमै रहेर उपचार गराइरहनु भएको छ ।

संघीय राजधानी काठमाडौं उपत्यकामा पछिल्ला दिनमा कोरोना संक्रमण दर न्यून हुँदै गएको छ । आज उपत्यकामा जम्मा ११७ महिला र १५० पुरुष गरी २६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया