• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

राष्ट्र र राजनेता


  • खुला नेपाल
  • सोमवार, पुस १३, २०७७
  • 25.2K
    SHARES

राष्ट्रको तिमि पहरेदार, नहोउ शासक ।
शासन तिमि गरेर देखाउ , राजनेता बनेर ।।

राष्ट्रको लागि जीवन अर्पेउ, घरवार नभनी ।
न्यायको लागि क्रान्ति भन्यौ, जनता उचाली
जनताले दिए जीवनको आहुति, शासन तिम्रो भो ।।

सत्ता र शक्तिमा तिमिलाइ पुर्याए, जनता सड्कमा ।
नागरिक शासन सड्कमा छोडी, लाग्यौ सत्ताको लडाइँमा
सत्ताको लागि थिएन लडाइ, जनताको सम्वृध्दी ।।
उन्माद नहोउँ, अस्थाइ हो सत्ता, जनता हुन स्थायी ।।

राजनेता रहिन्छ, जीवन पछी जनताको मनमा ।
गरेर काम, राष्ट्रको नाम, जनताको शासन ।।
वांकी छ अझै , गरेर देखाउ, जनताको नजरमा ।।

स्वतन्त्र राष्ट्र रहन्छ सधै, स्वाधीन भएर ।
दासत्व बनि रहेन कहिल्यै, अर्काको शासनमा ।।
आउदैन अवसर, जीवनमा सधै, इतिहास बन्नलार्इ ।।

  • तारा कुमार श्रेष्ठ
    अधिवक्ता

प्रतिक्रिया