पोखरा । उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझीले नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड ३३ वर्षसम्म अध्यक्षमा आफै टिका लगाएर भएको भन्दै सधैं उहाँको गोठालो हुन नसकिने बताउनुभएको छ ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षधर बृहत कार्यकर्ता भेलालाई कास्कीमा सम्बोधन गर्दै सम्बोधन गदै शुक्रबार रायमाझीले भन्नुभयो- ‘जुन पार्टीको नेता ३३ वर्ष सम्म अध्यक्ष हुनुहुन्छ, कुनै महाधिवेशन चुनावको सामना गर्नु परेको छैन । आफै टिका लगाएर आफै घोषणा गर्ने । अनि माओवादली लिगेसीको कुरा गर्ने ?’
राम्रो कुरा भए मान्ने नराम्रो भएसी मान्नु जरुरी नभएको भन्दै रायमाझीले कम्युनिष्ट भनेको कसैको गोठालो हुने हैन । स्वाभिमान बन्नुपर्ने सुझाव पनि राख्नुभयो ।
‘प्रचण्डलाई आफ्ना गुरुले त धोका दिइसके । किरण, डा बाबुराम भट्टराई, विप्लवले त छोड्न पर्ने भयो हामी केका लागि बस्ने, मन्त्री रायमाझीले प्रचण्डलाई कटाक्ष गर्दै भन्नुभयो, ‘९ वटा सरकार गिराएको मैले देखे, पार्टीको त टुक्रा टुक्रा ।’
आफुले बनाएको प्रधानमन्त्रीलाई सडकमा पर्छाने कोसिस गरेपछि संसद विघटन बाध्यता भएको राजमाझीको प्रष्ट धारणा थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
