काठमाडौं । कोरोना भाइरस संक्रमणकै कारण पछिल्लो २४ घन्टाभित्र देशभर ५२२ संक्रमित थपिएका छन् । नेपालमा कोरोना पुष्टि हुनेको संख्या अब २ लाख ६२ हजार ७८४ जना भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार पनि ५७८ जना कोरोना भाइरस संक्रमणको उपचारपछि डिस्चार्ज भएका छन् । आजको डिस्चार्ज संख्यासहित कोरोना निको हुनेको २ लाख ५५ हजार ६६६ जना पुगेको छ । यो भनेको ९७.३ प्रतिशतलाई कोरोना निको भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरका ८० प्रयोगशालामा ४ हजार ५५१ जनाको पीसीआर परीक्षण गर्दा उक्त संख्यामा पोजेटिभ देखिएको हो । हालसम्म १९ लाख ५७ हजार ४५४ जनामा पीसीआर नमुना परीक्षण भएको मन्त्रालयले बतााएको छ ।
नेपालमा २४ घण्टाभित्र कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणकै कारण नेपालमा आजसम्म १ हजार ९३ जनाको मृत्यु भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित बुलेटिनमा जनाएको छ ।
हाल देशभर संक्रिय संक्रमितको संख्या भने ५२ सय २५ जना रहेको छ । त्यस्तैगरी हाल विभिन्न जिल्लामा ३४२ जना क्वारेन्टाइनमा रहनु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
