• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

उदयपुर सिमेन्टको महाप्रवन्धकमा गोपी न्यौपाने नियुक्त


  • खुला नेपाल
  • मङ्लबार, पुस २१, २०७७
  • 7.1K
    SHARES

काठमाडौं । उदयपुर सिमेन्टको महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त भएका हुनुभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले न्यौपानेलाई महाप्रबन्धमा नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै न्यौपानेले अबको चार वर्षका लागि उदयपुर सिमेन्टको महाप्रबन्धकको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि उदयपुर सिमेन्टमा रिक्त रहेको महाप्रबन्धकका लागि उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयद्धारा गठित छनोट समितिले न्यौपाने सहित काठमाडौंका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भुपेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो ।महाप्रबन्धकमा नियुक्ति पाएका न्यौपाने एक सफल व्यवसायी हुनुका साथै नेपाल व्यवसायिक पहल (एनबीआई) का सचिव समेत हुनुहुन्छ ।  उहाँसँगै महाप्रवन्धकका लागि सिफारिस गरिएका अन्य दुई व्यक्तित्वहरुमा देवकोटा उदयपुर सिमेन्टकै नायब महाप्रबन्धकबाट रिटायर्ड भएका व्यक्ति हुन भने अर्याल विभिन्न गैरसरकारी संस्थामा काम गरेका व्यक्ति हुनुहुन्छ । महाप्रबन्धकको पदमा नियुक्तिका लागि मिति २०७७ भदौ १ मा सूचना प्रकाशित गरिएको थियो।

प्रतिक्रिया