काठमाडौं । कोरोना भाइरसका कारण केही महिना बन्द रहेका भारतका चलचित्र भवनहरु अक्टुबर १५ बाट संचालनमा आए । ५० प्रतिशत अकुपेन्सीमा हल संचालन भैरहेपनि दर्शकको चाप भने खासै देखिएको छैन । तर, बुधबारदेखि रिलिज हुन लागेको साउथका सुपरस्टार विजय र विजय सेतुपती अभिनित चलचित्र ‘मास्टर’ले भने दर्शकलाई हलसम्म फर्काउने पक्का देखिएको छ ।
यो चलचित्रको बुकिङ सोमबारदेखि नै खुलेको हो । सोमबारदेखि हलले बुकिङ खुल्ला गरेपछि दर्शकको भीड अत्याधिक देखिएको छ । चलचित्रको टिकट लिनका लागि दर्शकको भीड अत्याधिक बढेपछि चेन्नाइको एक चलचित्र भवनका संचालकले प्रहरीलाई नै बोलाउनु परेको छ । भारतीय मिडियाका अनुसार, बुकिङ खुल्ला भएसँगै हलमा टिकट लिनेहरुको भीड बढेको थियो । दर्शकहरुले न त सामाजिक दुरी कायम गरेका थिए न त धेरैले मास्क नै लगाएका थिए । हल संचालकले काउन्टरबाटै टिकट लिन नपाइने व्यवस्था गर्दै अनलाइन बुकिङ मात्र खुल्ला गर्नु परेको थियो । भारतीय चलचित्र पण्डितहरुले ‘मास्टर’ले बम्पर व्यापार गर्ने विश्लेषण गरेका छन् । यो चलचित्र भारतका विभिन्न ४ भाषामा रिलिज हुँदैछ । लोकेश कंगाराजले यो चलचित्रको निर्देशन गरेका हुन् ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
