• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

हिमालयन बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई सहुलियत कर्जा दिने


  • खुला नेपाल
  • बुधबार, पुस २९, २०७७
  • 8.4K
    SHARES

काठमाडौं । सिप्रदी ट्रेडिङ्गका ग्राहकहरुलाई टाटा मोटर्सका कमर्शियल र प्यासेन्जर गाडी किन्दा हिमालयन बैंकले सहुलियतदरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा सिप्रदी ट्रेडिङ्ग कमर्शियल भेहिकलका तर्फबाट जेनेरल म्यानेजर अनुप मणि ढकाल तथा हिमालयन बैंकका तर्फबाट कार्यकारी अधिकृत जयेन्द्र बिक्रम शाहले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार हिमालयन बैंकले आफ्ना देशभरी रहेका शाखा कार्यालयहरुमार्फत सिप्रदी ट्रेडिङ्गका देशभर रहेका शोरुम तथा आधिकारिक डिलरहरुबाट टाटा मोटर्सका कमर्शियल गाडी किन्दा ७० प्रतिशत सम्म र प्यासेन्जर गाडी किन्दा ८० प्रतिशत ब्याजदरमा कर्जा प्रदान गरिनेछ। हालै मात्र टाटा मोटर्सले सिप्रदी ट्रेडिङ्गसंगको सहकार्यमा टाटा इन्ट्रा भी २० गाडी नेपाली बजारमा ल्याएको छ।

प्रतिक्रिया