काठमाडौं । आन्तरिक राजश्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा घूस रकमसहित पक्राउ परेका छन् ।
टिमुर किचन रेष्टुरेन्ट ढुङ्गेधारा, बनस्थलीका संचालक सन्तोष थापा मगरसँग कर तिर्न सहजीकरण गरिदिए वापत ४३ हजार मागेर लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले घुस दिने मगरलाई समेत नियन्त्रणमा लिएको छ । अख्तियार प्रवक्ता गणेश बहादुर अधिकारीले दुबैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
