• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

चीनमा फेरि कोरोना फैलियो, चार शहरमा लकडाउन


  • खुला नेपाल
  • बुधबार, पुस २९, २०७७
  • 5.4K
    SHARES

काठमाडौं । चीनमा फेरि कोरोना संक्रमण बढेको छ । चीनले कोरोनाको नयाँ लहरबाट बच्न चार सहरमा लकडाउन जारी गरेको छ। नयाँ संक्रमित अधिकांश राजधानी बेइजिङ नजिक देखिएका छन्। बुधबार जारी आधिकारिक आँकडाअनुसार चीनको उत्तरपूर्वी एक प्रान्तमा पनि संक्रमण तीव्र गतिमा बढेको पाइएको छ।

संक्रमणको खतरा बढेपछि दुई करोड ८० लाखभन्दा बढी नागरिकलाई होम क्वारेन्टिनमा राखिएको छ। नेसनल हेल्थ कमिसनका मुताबिक चीनमा ११५ नया संक्रमित पुष्टि भएको छ, यसअघि ५५ जनामा संक्रमण देखिएको थियो। जुलाई ३० पछि एक दिनमा देखिएको सबैभन्दा ठूलो संख्या यही हो। १०७ जनामा लोकल इन्फेक्सन देखिएको थियो। ९० जना संक्रमित हिबे प्रान्तमा भेटिएका थिए। उत्तरपूर्वी हेलुंगजांगमा १६ नयाँ संक्रमित भेटिएका छन्। हिबेको तीन सहरमा लकडाउन गरिएको छ। अन्यत्र नफैलियोस् भनेर बेइजिङ प्रशासनले स्क्रिनिङका साथै अन्य आवश्यक कदम चालिसकेको छ। हेलुंगजांग प्रान्तमा बुधबार कोभिड-१९ इमर्जेन्सी घोषणा गरिएको छ। प्रान्तीय राजधानी हार्बिनको सीमानजिकको सुहुआ सहरले लकडाउन गरेको छ।

प्रतिक्रिया