• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

समृद्ध राष्ट्र निर्माणका लागि होमस्टेको विकास अनिवार्य


  • खुला नेपाल
  • आइतवार, माघ ४, २०७७
  • 5.9K
    SHARES

काठमाडौं । होमस्टे एशोसिएसन नेपाल गण्डकी प्रदेशले समृद्ध राष्ट्र निर्माणका लागि होमस्टेको विकास अनिवार्य रहेको निश्कर्ष निकालेको छ ।

प्रदेशको बागलुङ्गमा शनिबार भएको भेलाले कोभिडका कारण होमस्टे व्यवसाय पूर्णतःप्रभावित हुनपुगेको भन्दै अब व्यवसायमा फर्कनु र राष्ट्रको संवृद्धिमा लाग्नुको विकल्प नभएको बताएको छ ।  कार्यक्रमकमा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका भ्रमण वर्ष संयोजक तथा होसानका सल्लाकार समेत रहेका जुद्धबहादुर गुरुङ्गले राष्ट्र निर्माणको समृद्धिको यात्रा होमस्टेको विकासबाटै सम्भव हुने बताउनुभयो ।

यस्तै प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका पर्यटन माहाशाखा प्रमुख डिल्लीराम रिजालले प्रदेशको आर्थिक सामाजिक तथा पर्यावरणीय विकासमा होमस् कारले गटेको महत्वपूर्ण भूमिका रहने बताउँदै सो व्यवसायमा प्रदेश गरेको लगानी खेर जान नदिने गरि व्यवसायमा लाग्न होमस्टे व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

शनिबार होमस्टे एशोसिएसन नेपाल गण्डकी प्रदेशको आयोजनामा बाग्लुङ्ग उद्योग बाणिज्य संघ रउद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशको समेतसहकार्यमा कोभिड पछिको होमस्टे व्यवसायमा परेको प्रभाव र पुनरुत्थानको विषयमा छलफल भएको हो ।

कोभिड–१९ पछि बसेको पहिलो छलफलमा गण्डकी प्रदेशका १० वटै जिल्लाका होसान् प्रतिनिधि व्यवसायीहरुका साथै केन्द्रिय प्रतिनिध, स्थानीय सरकार, प्रदेश सरकार र सरोकारवाला व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । उक्त भेला तथा छलफल कार्यक्रम निकै अर्थपूर्ण र उपलब्धीमूलक भएको गण्डकी प्रदेश होसानका अध्यक्ष हरिलाल पौडयालले जानकारी दिनुभयो ।

प्रतिक्रिया