• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रचण्ड किन चाहन्छन् ‘मांसहारी’ आन्दोलन ?

उनी अझै उत्तेजित हुँदै युवाहरुलाई भन्छन्- ‘मेरो टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ ।’ यसको अर्थ के हो ?


  • खुला नेपाल
  • सोमवार, माघ ५, २०७७
  • 25.2K
    SHARES

आफ्नै पार्टीे नेतृत्वको करिब दुई तिहाई जनमत बोकेको सरकारलाई असफल पार्ने हर्कत गरेका प्रचण्ड अब जनतालाई भड्काउन उद्दत भएका छन् ।

प्रतिनिधिसभा विघटन भएपछि कांग्रेससमेत चुनावमा जाने योजनाअनुसार तल्लो तहमा पुगिरहेका बेला प्रचण्ड भने त्यसलाई विथोल्ने योजनाअनुसार अघि बढेका छन् । त्यसको पछिल्लो उदाहरण हो, हिजो आइतबार उनले प्रज्ञाप्रतिष्ठानमा आयोजित उनी पक्षधर अनेरास्ववियूको बैठकमा दिएको ‘भड्काउवादी’ अभिव्यक्ति ।

आफू निकट विद्यार्थीको भेलामा गएर उनले भने– अब शाकाहारी आन्दोलनले पुग्ने भएन ।’ प्रचण्डको यो अभिव्यक्तिको अर्थ हो उनी मुलुकमा कुनै न कुनै रुपमा फेरि हिंसा होस् भन्ने चाहन्छन् ।

हिजो हिंसात्मक राजनीतिबाट सत्तामा आफ्नो हालीमुहाली गर्न आइपुगेका प्रचण्ड आफ्नै गलत नीतिका कारण जनताबाट करिब तिरस्कृत भएपछि फेरि अर्को हिंसाको सहारा लिन उद्दत छन् । हिजो युवा विद्यार्थीको मञ्चमा पुगेर उनले दिएको ‘शाकाहारी’ आन्दोलनले पुग्दैन भन्नुको अर्थ अब उनी ‘मांसहारी’ आन्दोलनको पक्षमा छन् ।

जनयुद्धको नाममा झण्डै १७ हजार मानिसले अनाहकमा ज्यान गुमाउनु पर्यो । युवा र बालबालिकालाई यस्तै भड्काउवादी अभिव्यक्ति दिदै त्यसको प्रलोभनमा पारेर प्रचण्डले हिंसात्मक राजनीतिक गरेका थिए । अहिले पनि उनी त्यो धङधङीबाट मुक्त भएका छैनन भन्ने प्रमाण उनको यो पछिल्लो अभिव्यक्ति हो । उनले युवाहरुलाई उत्तेजित बनाउँदै अगाडी भनेका छन्, ‘हाम्रो आन्दोलन आवेगमय हुनु पर्यो, आक्रामक हुनु पर्यो। बाघ–सिंह गर्जिए जस्तो गर्जिनु पर्यो । अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिदैन ।’

दाहालको अभिव्यक्ति यत्तिमै रोकिदैन । उनी अझै उत्तेजित हुदै युवाहरुलाई भन्छन्, ‘मेरो टाउको चिलाएको हो कि के हो, एकपटक लाठी खान मन छ ।’

यो अभिव्यक्ति भित्र कुनै न कुनै रुपमा आन्दोलनको नाममा प्रचण्डको कुनै अप्रिय घटना होस् भन्ने मक्सद देखिन्छ । यदी त्यस्तो भइहाले त्यसको नाममा जनतालाई भड्काउन सकिन्छ र त्यही बलमा आफ्नो शक्ति विस्तार गर्न सकिन्छ भन्ने देखिन्छ ।

प्रचण्डको इतिहास र विगत हेर्दा उनले यसो नगर्लान् भन्ने सकिन्न । किनकी उनले विगतमा जनयुद्धको नाममा धेरै युवाहरुलाई भड्काए । जनयुद्ध नै चलिरहदा पनि आफूलाई आलोचना गर्ने र उनको असिमित शक्तिहरुमा प्रश्न उठाउनेहरुलाई क्रमशः किनारा लगाउने नीति अबलम्बन गरे । त्यही नीतिको अबलम्बन गर्दा धेरै नेता कार्यकर्ताहरु उनको ज्यादती खप्न नसकेर आन्दोलन भन्दा बाहिर हिँडे ।

शान्ति प्रक्रियामा आएपछि त धेरै नेताहरुले उनलाई छोडे । मोहन बैद्य, सिपी गजुरेल, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द्र हुदै अहिले रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह हुदै मणि थापासम्मले उनलाई छोडिसकेका छन् । उनीहरुले छोड्नेको अर्थ प्रचण्डको अस्थिर भड्काउवादी शैली नै प्रमुख हो ।

शान्ति प्रक्रियापछि प्रचण्ड दुईपटक प्रधानमन्त्री बनिसकेका छन् । पहिलो प्रधानमन्त्री आफैले कटुवाल काण्ड मच्चाएर बाहिरिए । आफूमा भएको शक्तिको दम्भ देखाउँदा उनी बल्ड्याङ खाए । त्यसपछि करिब सडकमा रहेका दाहालको पार्टी २०७० को चुनावमा लज्जास्पद हार व्योहोर्यो । पछि उनले काँग्रेस र केपी ओली नेतृत्वको एमालेसंग सहकार्य गर्दै अघि बढ्न खोजे ।

तर पछि केपी ओलीको पहिलो सरकारलाई उनले नौ महिना पनि काम गर्न दिएनन् । नाकाबन्दीको सामाना गर्दै मुलुकको स्वाभिमान कायम गरेको ओलीलाई हटाउनका लागि उनले अराजनीतिक खेल खेले । त्यसपछि काँग्रेससंग सहकार्य गरेर दोस्रो पटक प्रधानमन्त्री भए । स्थानीय तहको चुनावमा काँग्रेससंगै सहकार्य गरेर लडे । तर असली हैसियत जनताले देखाइदिएपछि प्रचण्ड एमालेसंग गठबन्धन गर्न आइपुगे ।

  • निकट विद्यार्थीहरुको भेलामा गएर प्रचण्डले भने– अब शाकाहारी आन्दोलनले पुग्ने भएन ।’ प्रचण्डको यो अभिव्यक्तिको अर्थ हो, उनी मुलुकमा कुनै न कुनै रुपमा फेरी हिंसा होस् भन्ने चाहन्छन् ।

  • जनयुद्धको नाममा झण्डै १७ हजार मानिसले अनाहकमा ज्यान गुमाउनु पर्‍यो । युवा र बालबालिकालाई यस्तै भड्काववादी अभिव्यक्ति दिदै त्यसको प्रलोभनमा पारेर प्रचण्डले हिंसात्मक राजनीति गरेका थिए । अहिले पनि उनी त्यो धङधङीबाट मुक्त भएका छैनन भन्ने प्रमाण हिजोको अभिव्यक्ति हो ।

कम्यूनिष्ट आन्दोलनलाई एकधारमा लैजाने योजना अनुसार केपी ओलीकै इच्छाशक्तिका कारण प्रचण्डलाई एमालेमा मिसिने वातावरण बन्यो । तर प्रचण्डले पार्टी एकताका नेकपामा छिरेपछि आफै चढेको डुंगामा प्वाल पार्ने ‘मुसा प्रबृत्ति’ देखाए । आन्दोलन, दुई तिहाई जनमतको सरकार र पार्टीलाई नै ध्वस्त पार्ने प्रचण्डले खेल खेले । त्यही खेलको परिणाम मुलुक फेरी प्रतिनिधि सभाको नयाँ निर्वाचनमा जानुपर्ने अवस्था आएको हो ।

लोकतान्त्रिक मुलुकमा चुनावमा जाने कुरालाई कुनै पनि राजनीतिक दल र समूहले सहर्ष स्वीकार्छ । तर अहिले प्रचण्ड यो विपक्षमा उभिएका छन् । किन भने उनले सशस्त्र युद्धदेखि अहिलेसम्म खेलेको भूमिको एक एक हिसाब जनताले राखेका छन् । त्यसैले चुनाव भएमा जनताले त्यो हिसाब किताब उतार्ने प्रचण्डलाई डर छ । त्यसैले कुनै पनि चुनाव हुन नदिने षड्यन्त्रअन्तर्गत उनी अहिले युवा र विद्यार्थीलाई भड्काउन खोज्दैछन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध भनेर उनले शुरु गरेको आन्दोलन कुनै आकार ग्रहण गर्न सकेन । जनतामा जाने कुरालाई विपक्षी काँग्रेसको संस्थापन पक्षले समेत अनौपचारिक रुपमा स्वीकार्यो । अदालतमा पनि बुहमत प्राप्त प्रधानमन्त्रीले काम गर्न नसकेको अवस्थामा किन विघटन गर्न नमिल्ने भन्ने प्रश्न इजलासबाटै वकिलहरुलाई सोधनी भइरहेको छ ।

त्यसैले सर्बत्र माहौल अब नयाँ जनादेश तर्फ अघि बढेको देखिन्छ । यो सबै घटनाक्रमलाई नजिकबाट नियालीरहेका प्रचण्ड अब आफने पल्ला कमजोर हुने भएपछि फेरी आफ्नो पुरानै हिंसात्मक मनोबृत्तिको बाटोतर्फ भड्किन खोज्दैछन् ।

तर जनता त्यति अबुझ छैनन् । यो २०५२ सालको जस्तो समय होइन । २०६४ सालको जस्तो पनि होइन । अब न जनताले उनले गर्ने हिंसा भड्काउने गतिविधिमा साथ दिन्छन् नत र २०६४ मा जस्तो अपार विश्वास गर्दैै चुनावमा मत प्रकट गर्छन् । इतिहासको हरेक घटनाका साक्षी जनता त्यति अबुझ छैनन् कि मुलुकको स्वाभिमान उचो पार्ने, विकास र समृद्धिको जग बसाउने र मुलुकको सुदूर भविष्यका लागि जग बसाउने खास नेता र नेतृत्व को हो ? प्रचण्ड हुँदै होइनन् ।

प्रतिक्रिया