एजेन्सी । पछिल्लो समय बलिउड अभिनेता सैफ अली खान वेब सिरिजमा व्यस्त रहेका छन् । केही दिन अगाडि उनको वेव सिरिज ताण्डब रिलिज भएको थियो । उक्त वेब सिरिजमा रहेका केही दृश्यका कारण विवाद मच्चिएको छ ।
उक्त वेब सिरिजमा भगवान शिवलाई अपमानित गरिएको भन्दै विजेपी नेता राम कदमले आपत्ति जनाएका छन् ।
उनले वेब सिरिजबाट उक्त सिन हटाउन चेतावनी दिएका छन् ।
उनले उक्त दृश्य नहटाए वेव सिरिज बहिस्कार गर्ने बताएका छन् । उक्त दृश्यले हिन्दु भावनामाथि ठेस पुर्याएको भन्दै उनले आपत्ति जनाएका हुन्।
उक्त विवाद बाहिर आएसँगै सैफ अली खानको घरमा कडा सुरक्षा व्यवस्था तैनाथ गरिएको छ।
त्यस्तै उक्त वेब सिरिजका निर्देशक अली अब्बास जफर पनि विवादमा मुछिएका छन् । उनलाई पनि विजेपी नेता राम दासले चेतावनी दिएका छन्।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
