यस्ता कीर्तिमानीहरुको सुन्दर देशमा
एकताले विजय पाउने यस परिवेशमा
किन हो आरोप र प्रत्यारोप आफ्नैलाई
सभ्यताले सगरमाथा ठडिएको प्रदेशमा
जगतले मायाँ जतन सम्मान गरेको भूमि
भाइ फूटे गँवार लुट्छन किन नबुझेको नि
इतिहास नै साक्षी छ एकतामा विजयको
लोकतन्त्र आएको त्यो समय कस्तो नि?
रडाकोले कहिले पनि मुलुक बन्न सक्दैन
यो कुरा नबुझेमा मुलुक सग्लो नै रहन्न!!
न त हामी नै रहन्छौ न त हाम्रो देश रहन्छ
देश टुक्रा टुक्रा हुन्छ हामी नेपाली नै हुन्नौ

सत्ता पद र पैसाको लोभ र लालचमा फस्दा
देशको शिर झुकाई आफु माथी हुन खोज्दा
नेपालीले नेपालीलाई सत्रुभावले सँधै हेर्दा
देशसितै नेपालीको अस्थित्व मेट्न खोज्दा
समय मै एकताको मूल मन्त्र बुझौँ र पढौ है
वेदका ऋचा सुनेर देश विकास पहिला रोजौ
यो देश हाम्रा कारण केही भए पाप लाग्ला
यो पापको प्रायश्चित गर्ने जुनी कता मिल्ला
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
