काठमाडौं । रत्नसागर प्रकाशने आमा, अस्मिता र सराप मोचन गरी तीनवटा कृति एकैदिन प्रकाशनमा ल्याएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आयोजित विशेष कार्यक्रममा प्रा.डा. सुरेन्द्र केसी, डा. प्रेमसिंह बस्न्यात र प्रा.डा. जीवराज पोखरेलले एकसाथ ती कृतिहरुको विमोचन गर्नु भएको थियो ।
आमा कृतिका रचनाकार वरिष्ठ पत्रकार राजन कार्कीले रहनु भएको छ । यसैगरी उपन्यास ‘अस्मिता’ भने प्रा.डा. केआर दाहालको लेखन रहेको छ भने ‘सराप मोचन’ कृतिको रचना जीवराज भट्टराईले गर्नु भएको हो ।
विमोचक तीनैजनाले कृतिको समीक्षा पनि गर्नु भएको थियो । उहाँहरुले नेपाली पाठकमा राम्रो पुस्तक दिएर साहित्यिक आयाममा गुन लगाएका लेखकहरुलाई धन्यवादसमेत दिनु भएको थियो ।
राजनीति, प्रेम सम्बन्ध, माटो र माया, राष्ट«वाद र आमाले आफ्ना सन्तान हुर्काउँदाको दुःख÷कष्ठ, समाजमा ब्याप्त भष्ट«ाचार, पत्रकारिता र पुराना परिवेशहरुमा आधारित रहेर पुस्तकहरु प्रकाशित भएको समीक्षकहरुले बताउनु भएको थियो ।
पुस्तक चित्ताकर्षक छन् र पुस्तकमा लेखकहरुको जीवन अनुभवसमेत संगालिएकाले पाठनीय रहेको उहाँहरुको प्रतिक्रिया थियो । यस कारण पनि पाठकले यी कृतिलाई साह्रै रुचाउने उहाँले विश्वास लिनु भयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

