• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सभामुखको हर्कतमा राष्ट्रियसभा अध्यक्ष असहमत


  • खुला नेपाल
  • सोमवार, माघ १९, २०७७
  • 5.1K
    SHARES

काठमाडौं । संवैधानिक परिषद्को पत्र फिर्ता गर्ने प्रतिनिधिसभा सभामुखको हर्कतमा राष्ट्रिय सभा अध्यक्षले असहमति जनाउँदै विरोध गर्नुभएको छ । सभामुख अग्निप्रसाद सापकोटाले हिजोमात्रै संवैधानिक निकायका पदाधिकारी नियुक्तिका लागि संसदीय सुनुवाइ गर्न संवैधानिक परिषदले गरेको सिफारिस फिर्ता गर्नुभएको थियो ।

सभामुखको सो कार्यको विरोध गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले सोमबार पत्रकार सम्मेलन नै आयोजना गर्नुभयो । पत्रकारबीच आफ्नो लिखित मन्तब्य राख्दै अध्यक्ष तिमल्सिनाले सभामुखको पत्रले राष्ट्रिय सभाको गरिमामा प्रहार भएको भन्दै आपत्ति जनाउनु भएको हो ।
सभामुखको पत्रमा संघीय संसद र अन्तर्गतका समितिहरुको सञ्चालन, व्यवस्थापवनसमेतको व्यवस्था गर्ने अधिकार आफूमा निहित भएको भन्ने व्यहोरा उल्लेख रहेको भन्दै उहाँले ‘राष्ट्रियसभा नै छैन जस्तो भाषा प्रयोग हुँदा आफूले आपत्ति जनाउनु परेको स्पष्ट गर्नु भएको छ ।

अधिकार प्राप्त निकायबाट आएको पत्र दुवै सदनको सम्पत्ति भएको उहाँको जिकिर थियो । यो तौरतरिका पत्र फिर्ता गर्ने ‘गलत प्रक्रियामा राष्ट्रियसभा संलग्न नरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया