काठमाडौं । सरकारले लिम्पियाधुरा–कालापानी सहितको भुभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाठ्यपुस्तकमा समेटिएको जानकारी दिनुभएको छ । यस अघि निवर्तमान शिक्षा मन्त्री गिरिराजमणी पोखरेलले केही त्रुटी निस्किएको भन्दै उक्त पाठ्यक्रम वितरणमा रोक्नुभएको थियो ।
भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भूभाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो।
सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो। जुन कदम देशैभर स्वागत भएको थियो। योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन्।
प्रधानमन्त्री ओलीले राजनीतिक तवरमा वार्ता गरी नक्सा अनुसारको जग्गा समेत फिर्ता ल्याउने तयारी भइरहेको बताइसक्नुभएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य

