• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

पछिल्लो २४ घन्टाभित्र २७२ कोरोना संक्रमित डिस्चार्ज

३८ सय ७८ पीसीआर परीक्षणमा १०५ जनामा कोरोना पुष्टि


  • खुला नेपाल
  • शुक्रबार, माघ २३, २०७७
  • 4.5K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टाभित्र कोरोना भाइरसको सफल उपचारपछि २७२ जना संक्रमणमुक्त हुनुभएको छ । विभिन्न अस्पताल तथा घरमै बसेर उपचार गराइररहनु भएका उहाँहरुले कोरोना भाइरसलाई पराजित गर्नुभएको । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६७ हजार ५६४ जना छन् । नेपालमा निको हुने दर ९८.५ प्रतिशत रहेको छ ।

देशभर कोभिड– १९ संक्रमणका कारण २४ घन्टाभित्र २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २०३५ पुगेको छ ।

कोरोना भाइरस संक्रमित बढ्ने क्रम आज पनि रोकिएको छैन । देशभरका प्रयोगशालाहरुमा गरिएको कोभिड परीक्षणका क्रममा १०५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार कुल ३८ सय ७८ जनामा पीसीआार परीक्षण गरिएको थियो ।

आजको संख्यासहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ । हालसम्म नेपालमा २० लाख ८८ हजार ३७२ जनामा कोरोना परीक्षण गरिसकेको छ ।

मुलुकभर अहिले २१ सय ८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको बुलेटिनमा उल्लेख छ । यस्तै ९२ जना क्वारेन्टाइनमा रहनु भएको छ ।

प्रतिक्रिया