• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

आजबाट मौसममा सुधार, पश्चिमी न्यून चापीय प्रणाली बाहिरियो


  • खुला नेपाल
  • आइतवार, माघ २५, २०७७
  • 3.4K
    SHARES

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली बाहिरएसँगै आजबाट मौसम सामान्यतया सफा रहने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले प्रदेश १ को पहाडी भूभागहरुमा आंशिक बदली रहेको र बाँकी भूभागमा मौसम सफा रहने छ ।

आजबाट मौसम सफा रहेपनि बिहीबारदेखि भएको मौसम बदलीका कारण देशभर चिसो भने बढेको छ ।

काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम १ डिग्री सेल्सियस मापन भएको छ । त्यसैले आज बिहान अत्यधिक चिसो महसुस भएको छ ।

गत पुस १६ गते काठमाडौंको न्यूनतम तापक्रम ०.८ डिग्री सेल्सियससम्म झरेको थियो । यो नै यस वर्षको सबैभन्दा कम तापक्रम हो ।

बिहानपख जाडो भए पनि दिउँसोदेखि भने न्यानो हुने अनुमान मौसमविदले गरेका छन् ।

पश्चिमी वायुको न्यून चापीय प्रणालीको प्रभावका कारण धेरैजसो स्थानमा हिउँदे वर्षा हुनुका साथै उच्च पहाडी भागहरुमा हिउँ परेको थियो । काठमाडौं उपत्यका वरपरका अग्ला डाँडाहरुमा पनि हिउँ पर्दा चिसो महसुस भएको छ ।

पश्चिमी वायुको यो प्रभाव हटेपछि गर्मी सुरु हुने मौसमविदले बताएका छन् ।

बिहीबारदेखि पश्चिम नेपालबाट मौसम बदली सुरु भएको थियो । यो प्रणाली पूर्वी नेपालबाट बाहिरिसकेको छ । त्यसैले अब मौसममा क्रमिक सुधार हुँदै जाने छ ।

प्रतिक्रिया