• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

थपिए १३४ संक्रमित


  • खुला नेपाल
  • बुधबार, माघ २८, २०७७
  • 3.3K
    SHARES

 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १३४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २३६७ जनाको गरिएको पीसीआर परीक्षणमा १३४ जनामा संक्रमण पुष्टि भएको हो ।

गत २४ घण्टामा ११८ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ६८ हजार ५ सय ४९ जना छन् । नेपालमा निको हुने दर ९८ दशमलव ६ प्रतिशत रहेको छ ।

कोरोना संक्रमणबाट २४ घण्टामा कसैको पनि ज्यान गएको छैन । अहिलेसम्म मृत्यु हुनेको संख्या २०३५ रहेको छ ।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा ६५ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया