काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका कुनै पनि निकायले सरकारको दबाब खेप्नुनपर्ने दृढता राख्नुभएको छ ।
उहाँले निष्पक्ष भएर काम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुझाव समेत दिनु भएको छ ।
अख्तियारको ३० औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाले कसैलाई भ्रष्टाचार गर्ने अवसरको वातावरण नै नबनाउनुपर्नेमा जोड दिनुभयो । ‘देशको भष्टाचार नियन्त्रण गर्नमा सहयोग अख्तियारको महत्वपूर्ण अंग हो’, उहाले भन्नुभयो, ‘त्यसैले भ्रष्टाचार गर्ने अवसर नै नदिने त्यति गर्दा पनि गरेको पाए पनि कानुनी कारबाही गर्नुपर्छ ।’
अख्तियारले विगतको ३० वर्षमा भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी ढंगले लागेको बताउदै भन्नुभयो, ‘अख्तियार निष्पक्ष हुनुपर्छ । उसले अनावश्यक रुपमा गलत मनसायका रुपमा कहिँ हात हाल्नु हुदैन । तर, अनियमितता भएका ठाउँमा जो कोही भएपनि छाड्नु हुन्न ।’
‘सरकारले सबै राज्यका अंगहरूलाई बिना दबाव काम गर्ने अवसर दिन्छ । कसैले टाउकोको माया छ की छैन भनेर भाषण गर्नेको कुरा सुन्न पर्दैन’, उहाँले भन्नुभयो, ‘त्यस्ता व्यक्तिले धाक लगाउने, तर्साउने मात्रै हो । बुख्याँचा जस्तो तर्साउनेले केही गर्न सक्दैन ।’
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
