बनेपा । सामाजिक सञ्जाल टिक टक प्रयोगकर्ताहरूको संस्था हाम्रो परिवार, राम्रो परिवारले नवौँ सहयोग स्वरुप इटहरीको एक बृद्धाश्रमलाई हस्तान्तरण गरेको छ ।
टिकटक प्रयोगकर्ता र हाम्रो परिवार राम्रो परिवार संस्थाप्रति सहयोगी दाताहरूबाट सहयोग आएको रकमबाट विभिन्न ठाउँमा विभिन्न व्यक्ति तथा संघसंस्थाहरूलाई सहयोग गर्दै आईरहेको छ । उक्त संस्थाले इटहरी उपमाहानगरपालिका वडा न १६ मा रहेको राम जानकी बुध्दाश्रमलाइ ६० हजार रुपैयाँ बराबरको सोलार हस्तान्तरण गरिएको छ ।
काठमाडौं देखि इटहरी नै गएर सोलार हस्तान्तरण गरेको हाम्रो परिवार राम्रो परिवारका सचिव दिपु खड्काले जानकारी दिए । मेची महाकाली हामी सबै नेपाली संस्थासँग सहकार्य गरेर आश्रमलाई सहयोग गरेको खड्काले बताए ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष निर्मला लामिछानेले सामाजिक सञ्जाल टिकटकबाट हामीले देशदेखि बिदेशसम्म रहेका संस्थाका शुभचिन्तक, सदस्य लगायतबाट संकलन भएको सहयोगले नै अहिलेसम्म विभिन्न ठाउँमा सहयोग गर्दै आएको बताईन् । हामीले टिकटकलाई बिकृती भन्दापनि नयाँ साथी बनाउने र त्यस साथीहरूको भेलाबाट आफुले सगेको सहयोग संकलन गर्दै सामाजिक कार्यमा सहयोग गर्दै आएका छौँ । हामीले दीन दुःखीलाई यस संस्थाबाट प्राथमिकता दिएर सहयोग गर्दै आएका छौँ । यस संस्था समाजिक काममा सहयोग गर्ने हेतुले बनेको संस्था भएकाले तपाईहरू सबैले सगेको सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछु ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष सोनी बस्नेतले आफुहरूले सामाजिक सञ्जाल मार्फत आएको सहयोग निश्पक्ष ढंगले बाढ्ने गरेको बताईन् । टिकटक मार्फत बढी जसो छोरी मान्छे बिग्रन्छ भन्ने भनाई अहिलेको समयमा माथ खुवाएको बताईन् । ‘हाम्रो परिवार राम्रो परिवार नामक संस्थामा अध्यक्षदेखि अधिकांस महिलाहरू मिलेर सहयोग गर्दै आएका छौँ ।’ उनले भनिन्, ‘अहिलेको अवस्थमा बिग्रने हैन समाजमा सहयोग महिलाले पनि गर्न सक्छन् भन्ने उदाहरणीय काम हामीले गरीरहेका छौँ ।’
संस्थाका सल्लाहाकारद्वाय श्याम खतिवडा र इन्द्र आचार्यले संस्थामा आएको सहयोगले कहिल्यै नमर्ने बताएका छन् । संकलन भएको सहयोग कहिल्यै दुरुपयोग नहुने र सहि ठाउँमा प्रयागे गर्ने बताए । हामी टिकटकमा लाईभमा बसी सामाजिक कार्यका लागि सहयोगको अपिल गछौँ र त्यहाबाट उठेको रकम सम्बन्धित संस्था तथा व्यक्तिको लागि हस्तान्तरण गर्दै आएका छौँ ।
उक्त कार्यक्रमको संयोजक एवं मेची महाकाली हामी सबै नेपाली संस्थाका अध्यक्ष गोबिन्द कार्कीले हाम्रो परिवार राम्रो परिवारसँग सहकार्य गर्नु पाउनु भाग्यको कुरो भएको बताएका छन् । सामाजिक सञ्जालबाट बनेको सहयोगी संस्थासँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए । आगामी दिनमा पनि सहकार्य गरी जाने उनले प्रतिबद्धता जनाए ।
कार्यक्रममा आश्रमका अध्यक्ष बिष्णु डाँगीले भने- म त अचम्म परेको छु । एउटा सामाजिक सञ्जाल मार्फत गठन भएको संस्थाले यस्तो सहयोग गर्छ भन्ने हामीले सोचेका पनि थिएनौ । यहाँ ठुलठुला एनजिओ आइएनजिओले पनि नगरेको सहयोग एउटा टिकटक मार्फत सबैसँग सहयोग संकलन गरी काठमाडौ देखि इटहरीसम्म आएर सहयोग गर्नु भएकोमा म लगायत सम्पूर्ण बृद्धबृद्धाहरू खुसी छौँ । यस्तो जाडो महिनामा बृद्धाश्रममा सोलार सहयोग गर्नुभएको छ मेरो भन्दापनि यहाँ रहनु भएको बृद्धबृद्धाहरूको आर्शिवादले यस संस्था भोलिको दिनमा अझ बढी सशक्त हुदै जाओस भन्ने कामना गर्दछु ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
