• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भागिरथीका हत्यारा सार्वजनिक


  • खुला नेपाल
  • बुधबार, फाल्गुन ५, २०७७
  • 14.2K
    SHARES

काठमाडौं । प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका– ७ का स्थायी बासिन्दा १७ वर्षीया भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्त सोही ठाउँका दिनेश भट्टलाई सार्वजनिक गरेको छ । अघिल्लो दिन फागुन ४ गते दिनेशले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको थिए ।

भागिरथी हत्यामा संलग्न अभियुक्त दिनेश भट्ट १८ वर्षका छन् । स्थानीय सनातम धर्म माविमै कक्षा ११ मा पढ्ने दिनेशले आफूले एक्लै पारेर भागिरथीको हत्या गरेको स्वीकार गरेका हुन् ।

सनातम धर्म माध्यामिक विद्यालयकी छात्रा भागिरथी भट्ट माघ २१ गते बिहान ९ बजेतिर घरबाट पढ्नका लागि विद्यालय गएकी त्यसपछि कहिल्यै घर फर्किनन् । सो विद्यालयमा व्यवस्थापन संकायमा ऐच्छिक लेखा पढ्दै गरेकी भागरथी अपरान्ह कक्षा सकेर घर फर्केकी थिइन् ।

घरको काम भ्याउन साथीहरुलाई छाडेर हिँडेकी भागिरथी आफ्नै छिमेकी किशोरको फन्दामा परेर मृत्यु भयो । आफ्नै विद्यालयमा पढ्ने छिमेकी दिनेशले पहिलाको छिमेकी रिसइवी साध्न भन्दै लबलेक जङ्गलको खोँचमा लुकेर बसी भागिरथीलाई बाटोको डिलबाट धकलेर हत्या गरेको प्रहरीलाई बयान दिएको छ ।

प्रतिक्रिया