काठमडौं । पूर्व कानुनमन्त्री तथा नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई फेरि केपी शर्मा ओली पक्षमै फर्किएका छन् ।
प्रचण्ड-माधव समूहबाट दुवैजना केपी समूहमा फर्किको उषाकलाले बताउनुभयो । प्रचण्ड-माधव समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि ओली समूहमै फर्किएको उहाँले बताउनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि सुरुमा तामाङ दम्पती ओली समूहका बैठकमा सहभागी भए पनि केही दिनमै प्रचण्ड-माधव समूहमा जानु भएको थियो ।
प्रतिनिधिसभा चुनावमा सिन्धुपाल्चोक-२ बाट निर्वाचित तामाङ नेकपाको केन्द्रीय सदस्य हुनुहुन्छ । पत्नी उषाकला प्रदेशसभा सदस्य हुनुहुन्छ । उहाँलाई ओली समूहले यसअघि केन्द्रीय सदस्य बनाएको थियो । उक्त निर्णयलाई आफूले अस्वीकार गरेको राईले बताउनु भएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
