• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

३२ सय १८ पीसीआर परीक्षणमा ११० जनामा कोरोना पुष्टि


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन ११, २०७७
  • 4.6K
    SHARES

काठमाडौं । पछिल्लो २४ घण्टामा ३२ सय १८ जनाको पीसीआर नमुना परीक्षण गर्दा ११० जना नयाँ संक्रमित थपिएका छन् ।

आजको संख्यासहित नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ । नेपालमा पछिल्लो परीक्षण संख्यासहित २१ लाख ४६ हजार ५३३ जनाको पीसीआर भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाभित्र १०२ जना संक्रमित निको भएर डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस नोटमा उल्लेख गरिएको छ ।

यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमण जितेर घर फर्किनेको संख्या २ लाख ७० हजार ६८ जना पुगेको छ । यो भनेको कुल संक्रमितमध्ये ९८.७ प्रतिशतलाई कोरोना निको भइसकेको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टाभित्र ४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ सय ३३ रहेको छ । मुलुकका विभिन्न ठाउँमा ६५ जना अझै क्वारेन्टिनमा रहनु भएको छ ।

प्रतिक्रिया