• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रधानमन्त्री ओली आज पोखरा जानुहुँदै


  • खुला नेपाल
  • सोमवार, फाल्गुन १७, २०७७
  • 9.3K
    SHARES

फाइल तस्वीर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज पोखरा जाँदै हुनुहुन्छ ।

पार्टीको गण्डकी प्रदेश कमिटीले पोखरा सभागृहमा आयोजना गरेको प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली पोखरा जान लाग्नुभएको हो ।

आजै उहाँले नदीपुरस्थित गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम पनि रहेको छ ।

सोही क्रममा उँहाले पोखरा रंगशालाको पनि निरीक्षण गर्नुहुनेछ । गण्डकी प्रदेशमा तय भएको नवौँ राष्ट्रिय खेलकुदका लागि अत्यावश्यक भौतिक पूर्वाधारबारे प्रधानमन्त्रीले चासो राख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय फुटबल रंशालासहित भलिबल कोर्ट, क्रिकेट मैदान, ब्याडमिन्टन हल, बहुउद्देश्यीय कभर्ड हल, टेनिस कोर्ट लगायतका खेल पूर्वाधारको निरीक्षण गर्नुहुने छ ।

प्रतिक्रिया